संसद बैठक फागुन २६ गतेसम्मका लागि स्थगित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    संसद बैठक फागुन २६ गतेसम्मका लागि स्थगित

    खबरपुञ्ज संवाददाता

    २२ फाल्गुन २०७७, आईतवार

    काठमाडौं : प्रतिनिधिसभाको बैठक फागुन २६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । आइतबार बोलाइएको बैठक नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले अवरोध गरेपछि संसद सचिवालयले सूचना टाँस गरेर बैठकको नयाँ मिति फागुन २६ गते दिउँसो १ बजेका लागि तोकिएको हो ।

    आइतबारको संसद बैठक नेकपाको प्रचण्ड माधव समूहले बहिस्कार गरेको थियो भने कांग्रेस र जसपाले नाराबाजी गर्दै अवरुद्ध गरेको हो । संसद सचिवालयले आइतबारको बैठकको कार्यसूचीमा संसद नभएका बेला सरकारले ल्याएका अध्यादेश पेश गर्ने विषय र वर्तमान र पूर्व सांसदहरुको निधनमा शोक प्रस्ताव गर्ने विषय उल्लेख गरेको थियो ।

    प्रचण्ड माधव समूहका सांसद भीम रावलले शोक प्रस्ताव पारित हुने दिन अन्य विषय कार्यसूचीमा राख्न नहुने बताएका थिए ।