भीम रावललाई प्रधानमन्त्री ओलीको कटाक्ष : म कुन पार्टीको हो सर्वोच्च गएर सोधे हुन्छ !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    भीम रावललाई प्रधानमन्त्री ओलीको कटाक्ष : म कुन पार्टीको हो सर्वोच्च गएर सोधे हुन्छ !

    खबरपुञ्ज संवाददाता

    २४ फाल्गुन २०७७, सोमबार

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कुन पार्टीको हो भनेर सोध्नेलाई सर्वोच्च अदालतमा गएर सोध्न आग्रह गर्नुभएको छ । उहॉले १ सय ११ औँ महिला दिवसको अवसर पारेर राखिएको कार्यक्रममा बोल्दै यस्तो बताउनुभयो ।

    नेता भीम रावलाई इंगित गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यदि मैले उहाँलाई कुन पार्टीको हो भनेर सोधेँ भने ?’यसअघि साविकको प्रचण्ड–नेपाल पक्षको नेकपाका नेता नेता भीम रावलले संसदमा वर्तमान सरकार कुन पार्टीको हो भन्दै प्रश्न गर्नुभएको थियो ।

    सर्वोच्च अदालतले आइतबार तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को एकीकरणबाट बनेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) राजनीतिक दलसम्बन्धी ऐन विपरीत तथा नियम विपरीत दर्ता भएको ठहर गरेको थियो ।