बन्दीपुरमा चितुवाको आक्रमणबाट चार वर्षीय बालक घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुरमा चितुवाको आक्रमणबाट चार वर्षीय बालक घाइते

    खबरपुञ्ज संवाददाता

    २४ फाल्गुन २०७७, सोमबार

    तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिकामा सोमबार बिहान चितुवाको आक्रमणबाट एक बालक घाइते भएका छन् । बन्दीपुर गाउँपालिका-१ कौशलीछापमा चितुवाको आक्रमणबाट चार वर्षीय बालक अपल चेपाङ घाइते भएका हुन् ।

    घर नजिकैको बारीबाट फर्किने क्रममा बालकलाई चितुवाले आक्रमण गरेको थियो । बालकको लक्ष्मी अस्पताल डुम्रेमा उपचार गरिएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

    डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले तनहुँका विभिन्न ठाउँमा चितुवा रहेकाले सतर्कता अपनाउनुपर्ने बताउनुभयो ।