तनहुँ : एक सय एघारौ अन्तराष्ट्रिय दिवसको अवसरमा तनहुँ जिल्लामा सोमबार विविध कार्यक्रम भए । नारी दिवसको अवसरमा कतै एकल महिलालाई सम्मान त कतै खेलकूद प्रतियोगिता भए । तर देवघाट गाउँपालिकाले भने भिन्न खाले कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिकाको आयोजनामा यहॉ श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा विष्णु अधिकारी र पदम अधिकारीको जोडी पहिलो, गंगा गुरुङ र नवीन गुरुङको जोडी दोस्रो तथा सीता लामिछाने क्षेत्री र बमबहादुर थापा क्षेत्रीको जोडी तृतीय भएको छ। प्रतियोगितामा १४ जोडी सहभागी थिए ।
शारीरिक र मानसिक रुपमा महिला पनि पुरुषसरह हुन्छन् भन्ने सन्देश दिनका लागि यस्तो खालको प्रतियोगिताको आयोजना गरिएको गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिनुभयो । थापाका अनुसार प्रतियोगिताका विजेतालाई शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ ।