ऋषिङमा पनि मनाईयो नारी दिवस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    ऋषिङमा पनि मनाईयो नारी दिवस

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दुलेगौँडा : ऋषिङ गाउँपालिकाले एक सय एघारौँ नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । गाउँपालिकाले खुला महिला वक्तृत्व कला प्रतियोगिता, सचेतना ¥याली लगायतका कार्यक्रम गरेको हो ।

    खुल्ला महिला वक्तृत्वकला प्रतियोगिताको उपाधि ऋषिङ्ग–१ की अनिशा थापाले जित्नु भएको छ । वडा नम्बर ४ की सविना थापा द्वितिय , वडा नम्बर ८ की दिपिका श्रेष्ठ तृतिय र वडा नम्बर ४ की नरीमाया रानाभाट सान्तवना हुन सफल हुनु भएको छ । उहाँहरुले क्रमश : नगद १० हजार, सात हजार, पाँच हजार र तीन हजार रुपैयाँको साथमा प्रमाणपत्र प्राप्त गर्नुभयो ।

    गाउँपालिकामा सचेतना ¥याली समेत निकालिएको छ । ऋीषङ–८ हवेली डाडाँबाट सुरु भएको ¥याली मिलनचोक , नालथोक , पुरान्थोक , चन्दने , आमथोक हुदै गाउँ कार्यपालिकाको कार्यालय पुगि सभामा परिणत भएको थियो ।


    सभालाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले महिला हक हितका लागि गाउँपालिकाले प्रतिबद्ध रहेको बताउनुभयो ।


    कार्यक्रममा गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेल, न्यायिक समिति सदस्य भारत कुमार श्रेष्ठ, कार्यपालिका सदस्य यमुना श्रेष्ठ लगाएतले बोल्नु भएको थियो ।


    गाउपालिकाका उपाध्यक्ष गिनुमाया थापाको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद ज्ञापन गाउँपालिकाका महिला तथा बालबालिका शाखाका सहायक महिला विकास निरिक्षक ज्ञानु पौडेलले र सञ्चालन बसन्ती थापाले गर्नु भएको थियो ।