टिम नेपोद्वारा श्रमिक महिलालाई पछ्यौरा ओढाएर सम्मान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    टिम नेपोद्वारा श्रमिक महिलालाई पछ्यौरा ओढाएर सम्मान

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : एक सय एघारौ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा टिम नेपो तनहुँले साेमबार २० जना श्रमिक महिलाहरुलाई सम्मान गरेको छ । सामाजिक कार्यमा सक्रिय रहेको टिप नेपाले दमौली बजारमा श्रम गरेर गुजारा गर्ने महिलाहरुलाई सम्मान गरेको हो ।

    संस्थाका अध्यक्ष गोविन्द तिमिल्सना, सचिव मिन कुवर, कोषाध्यक्ष रवि अधिकारी, कार्यक्रम संयोजक सन्तोष मगर, सम्पादक रमेश नेपालीले महिलाहरुलाई पछ्यौरा ओढाएर सम्मान गर्नुभयो ।

    उक्त अवसरमा सम्मानित महिलाहरुले खुशी व्यक्त गर्नुभयो । श्रम गरेर जीवनयापन गर्ने महिलाहरुलाई नारी दिवसको अवसरमा सम्मान गर्न पाउँदा आफूहरुलाई गौरवको महशुस भएको टिम नेपोका अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । संस्थाकी सक्रिय सदस्य प्रमिला गुरुङले श्रम गरेर छोराछोरीको भविष्य बनाउने आमाहरुलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।