बेनिघाटबाट त्रिशुली नदीमा खस्यो ट्रक, २ जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बेनिघाटबाट त्रिशुली नदीमा खस्यो ट्रक, २ जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २४ फाल्गुन २०७७, मंगलवार

    धादिङ : धादिङको बेनिघाट रोराङ गाउँपालिकाको तिङग्राङखानीबाट काठमाडौं आउँदै गरेको ट्रक त्रिशुली नदीमा खस्दा २ जनाको मृत्यु भएको छ । 

    मंगलवार मध्यराती गाउँपालिका वडा नम्बर १० तिङग्राङखानीस्थित पृथ्वी लोकमार्ग सडकमा रूपन्देहीबाट गोयन्का सिमेन्ट बोकेर काठमाडौं आउँदै गरेको लु१ख ७७६२ नम्बरको ट्रक त्रिशुली नदीमा खसेको इलाका पहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेयले जानकारी दिनुभयाे ।

    उहाँका अनुसार, ट्रक करिब ३० मिटर तल नदी किनारमा खसेको थियो । दुर्घटनामा ट्रक चालक काभ्रेपलाञ्चोक बनेपा नगरपालिकाको नाला घर भएका ४५ वर्षीय विष्णु घिमिरे र सोही ठाउँमा घर भएको ट्रकको सहचालक २८ वर्षीय सुमन सञ्जेलको ट्रककै क्याबिनमा थिचिएर मृत्यु भएको छ । 
    अघिले घटनाबारे अनुसन्धान भइरहेको छ ।