कोमल वलीद्वारा रघुजी पन्तविरुद्ध गाली बेइज्जती मुद्दा दायर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कोमल वलीद्वारा रघुजी पन्तविरुद्ध गाली बेइज्जती मुद्दा दायर

    खबरपुञ्ज संवाददाता

    २४ फाल्गुन २०७७, मंगलवार

    काठमाडौं : लोकप्रिय गायिका तथा राष्ट्रियसभाकी सांसद कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध मुद्दा दायर गर्नुभएकाे छ । कानून व्यवसायीसँग परामर्शपछि उहाँले काठमाडौं जिल्ला अदालतमा गालीबेइज्जतीको मुद्दा दायर गर्नुभएकाे हाे ।

    केही दिनअघि पन्तले वलीविरुद्ध ‘यौनिक हिंसाजन्य’अभिव्यक्ति दिनुभएकाे थियाे । एउटा कार्यक्रममा बोल्दै उहाँले वलीलाई ‘सारी सरक्क सर्काएर पिँडुला देखाएको भरमा सभासद बनेको’ आरोप लगाउनुभएकाे थियाे । पन्तको अभिव्यक्तिबाट आफ्नो मात्र नभएर सबै महिला नेतृहरुको मानमर्दन भएको वलीको भनाइ छ ।