तनहुँमा नेकपा एमालेको बोर्ड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा नेकपा एमालेको बोर्ड

    खबरपुञ्ज संवाददाता

    २५ फाल्गुन २०७७, मंगलवार

    तनहुँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँको पार्टी कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको बोर्ड राखिएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएपछि राखिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को साइनबोर्ड फेरेर मङ्गलबार एमालेको बोर्ड राखिएको हो ।

    सो कार्यालय दुवै पार्टी एकीकरण हुनुअघि पनि नेकपा एमालेकै थियो ।बोर्ड फेरिएसँगैम मङ्गलबारदेखि कार्यालय सञ्चालनमा ल्याइएको एमाले कार्यालय सचिव राजेश्वर ढकालले जानकारी दिनुभयो ।

    संसद विघटन गर्ने सरकारको निर्णयसँगै दुई खेमामा विभाजित नेकपाका कार्यकर्ताले पार्टी कार्यालयमा कार्यक्रम गर्ने क्रममा विवाद समेत हुँदै आएको थियो ।