तनहुँ : तनहुँको शुक्लागण्डकीमा बगरको ढिस्कोले पुरिँदा मङ्गलबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको नेत्रावती गाउँपालिका-५ कटुन्जे घर भई हाल शुक्लागण्डकी नगरपालिका-८ किमलडॉडा बस्ने ५३ वर्षीय धनबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
किमलघाटस्थित सेती नदी बगरमा काम गर्ने शिलशिलामा ढिस्कोले पुरिएर गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिनुभयो ।