सेना दिवस : श्री नं ३ बाहिनीमा फुटबल र डोरी तान प्रतियोगिता (फाेटाे र भिडियाे सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    सेना दिवस : श्री नं ३ बाहिनीमा फुटबल र डोरी तान प्रतियोगिता (फाेटाे र भिडियाे सहित)

    खबरपुञ्ज संवाददाता

    २५ फाल्गुन २०७७, बुधबार

    तनहुँ : महाशिवरात्री तथा सेना दिवसको अवसरमा तनहुँको शुक्लागण्डकी नगरपालिका खैरेनीटारस्थित श्री नं ३ बाहिनी अड्डामा मङ्गलबार फुटबल र डोरी तान प्रतियोगिता सम्पन्न भएको छ । नेपाली सेनाको अधिकृत तथा खैरेनीटारका व्यवसायीबीच भएको फुटबल प्रतियोगितामा नेपाली सेनाको टोली विजयी भएको छ ।

    निकै प्रतिस्पर्धात्मक रुपमा भएको खेलमा सेनाको टोली ६–४ गोल अन्तरले विजयी भएको हो । पहिलो हाफसम्म दुवै टिमबाट तीन÷तीन गोल भएकामा दोस्रो हाफमा सेनाले थप तीन गोल गरेको थियो भने व्यवसायीको तर्फबाट एक गोल भएको थियो ।

    प्रतियोगितामा विजेता टिमले नगद रु १५ हजारका साथै खसी प्राप्त गरेको छ । विजयी टिमलाई शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, श्री नं ३ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी कुमारबाबु थापा लगायतले पुरस्कार वितरण गर्नुभयो ।

    डोरी तानमा महिला सिपाही विजयी

    दिवसकै अवसरमा बाहिनी अड्डाका महिला सेनाबीच भएको डोरी तान प्रतियोगितामा महिला सिपाही विजयी भएका छन् । महिला सिपाहीले महिला बिल्लादारलाई डोरी तानमा पराजित गरेका हुन् । यसैबीच सेना दिवसकै अवसरमा आज श्री नं ३ बाहिनी अड्डाले दौड प्रतियोगिता आयोजना गर्दैछ ।