हावाहुरीले रुख ढल्दा पृथ्वीराजमार्ग अवरुद्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    हावाहुरीले रुख ढल्दा पृथ्वीराजमार्ग अवरुद्ध

    खबरपुञ्ज संवाददाता

    २६ फाल्गुन २०७७, बुधबार

    तनहुँ : पृथ्वीराजमार्गस्थित तनहुँको म्याग्दे गाउँपालिका-६ स्थित रिठेपानीमा रुख ढल्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । बुधबार दिउँसो आएको हावाहुरी सहितको वर्षाले रुख ढाल्दा राजमार्ग अवरुद्ध भएको हो ।

    साना सवारी सञ्चालन भएपनि ठूला सवारी साधन रोकिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सनाले जानकारी दिनुभयो । रुख पन्छाएर राजमार्ग सुचारु गराउनका लागि बेलचौताराबाट एक्साभेटर मगाइएको र करिब आधा घण्टामा राजमार्ग सुचारु हुने उहॉले जानकारी दिनुभयो ।

    तस्वीर : Routine of damauli banda