जसपालाई प्रधानमन्त्री ओलीको प्रस्ताव- रेशम चौधरीलाई छुटाउँछौं, सरकारमा आउनुस्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    जसपालाई प्रधानमन्त्री ओलीको प्रस्ताव- रेशम चौधरीलाई छुटाउँछौं, सरकारमा आउनुस्

    खबरपुञ्ज संवाददाता

    २५ फाल्गुन २०७७, बुधबार

    काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले वैधानिकता नपाएसँगै अल्पमतमा परेको आफ्नो सरकार टिकाउन हत्या अभियोगमा जेलमा रहेका रेशम चौधरीलाई छुटाउने आश्वासन जनता समाजवादी पार्टी (जसपा)लाई दिनुभएको छ ।

    सर्वोच्च अदालतले नेकपालाई वैधता नदिएपछि नेकपा तत्कालीन एमाले र माओवादी केन्द्रका रुपमा ब्युँतिएको छ। प्रधानमन्त्री ओली एमालेका अध्यक्षसमेत हुनुहुन्छ ।

    प्रधानमन्त्रीका तर्फबाट जसपाका नेताहरुलाई भेटेका एमाले नेताहरुले यस्तो आश्वासन दिनुभएको हो । ‘तपाईंहरु सरकारमा आउनुपर्‍यो, रेशम चौधरीलाई जेलबाट छाड्ने लगायत तपाईंहरुका माग हामी पूरा गर्छौं भनेर उहाँहरुले भन्नुभो’, जसपाको नेतृत्व तहमा रहेका एक नेताले भन्नुभयो, ‘हामीले चाहिँ पहिले हाम्रा जे जति माग छन्, ती पूरा गनुस् भनेका छौं।’