च्यवनधाममा भजन प्रतियोगिता आज, १० समुहको प्रतिष्पर्धा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    च्यवनधाममा भजन प्रतियोगिता आज, १० समुहको प्रतिष्पर्धा

    खबरपुञ्ज संवाददाता

    २६ फाल्गुन २०७७, बिहीबार

    दुलेगौँडा : शुक्लागण्डकी–२ गाछेपानीस्थित मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा आज भजन प्रतियोगिता हुदैछ । महाशिवरात्री पर्वको अवसर पारेर भजन प्रतियोगिता गरिएको हो ।


    प्रतियोगितामा १० समुहको सहभागिता रहेको मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम मन्दिर व्यवस्थापन समितिकी सहसचिव अस्मिता खनालले जानकारी दिनुभयो । केही बेरमा प्रतियोगिता सुरु हुनेछ । प्रतियोगिताको उद्घाटन शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले गर्नुहुनेछ ।


    प्रतियोगितामा प्रथम हुने समुहलाई नगद २५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने खनालले बताउनुभयो । उहाँका अनुसार दोस्रोले २० हजार रुपैयाँ, तेस्रोले १५ हजार रुपैयाँ र सान्त्वनालाई ५ हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिनेछ ।

    भजन प्रतियोगितासंगै आज शुक्लेश्वर महादेवको बिशेष पुजा, लघुरूद्री, बेलपत्र अर्पण, शिवध्वनी पुजन, १ सय ८ शिवलिङ्गमा दुध अर्पण, ठाडोबत्ति सहितको अखण्ड दिप प्रज्वलन, अखण्ड कृतन लगायतका कार्यक्रमहरू हुनेछ । यतिबेला भगवान शिवको पुजा आरधाना गर्ने भक्तजनको घुईचो लागेको छ ।

    तस्बिर : त्रिलोचन लम्सालको फेसबुकबाट