शिवमन्दिरमा भक्तजनकाे भीड (फाेटाे फिचर)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शिवमन्दिरमा भक्तजनकाे भीड (फाेटाे फिचर)

    खबरपुञ्ज संवाददाता

    २६ फाल्गुन २०७७, बिहीबार

    तनहुँ : महाशिवरात्रिका अवसरमा बिहीबार बिहानैदेखि तनहुँका विभिन्न ठाउँका शिव मन्दिरमा भक्तजनकाे भीड लागेकाे छ ।

    व्यास नगरपालिका-३ स्थित शिवपञ्चायन मन्दिर, दुर्गा मन्दिर, व्यास नगरपालिका-५ पाटनस्थित शिव मन्दिरमा पूजाआजा तथा दूध चढाउनका लागि बिहानैदेखि भक्तजन भीड लागेकाे हाे । त्यस्तै शुक्लागण्डकी नगरपालिका-२ गाछेपानीस्थित मुक्तिनाथ च्वयनधाममा पनि भक्तजनकाे भीडभाड छ । साथै जिल्लाका अन्य ठाउँमा रहेकाे शिवालयमा पनि भक्तजनकाे उल्लेख्य उपस्थिति छ ।

    May be an image of one or more people, people standing and outdoors
    May be an image of standing, outdoors and temple

    प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा पर्ने दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवलाई खुशी पार्ने विशेष दिन हो । बिहीबार दिउँसो २ः५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि शुक्रबार दिउँसो २ः५१ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि बिहीबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।