छुट्टाछुट्टै दुर्घटनामा दुई घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    छुट्टाछुट्टै दुर्घटनामा दुई घाइते

    खबरपुञ्ज संवाददाता

    २७ फाल्गुन २०७७, बिहीबार

    तनहुँ : पृथ्वीराजमार्ग अन्तरगत तनहुँमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई घाइते भएका छन् । म्याग्दे र बन्दीपुर गाउँपालिकामा भएको दुर्घटनामा दुई जना घाइते भएका हुन् ।

    म्याग्दे गाँउपालिका-३ पसले स्थित पृथ्वीराजमार्गमा दमौलीबाट पोखरा तर्फ आउदै गरेको ग१८प ७५७ नं.को स्कुटर आफै अनियन्त्रित भई पल्टिन जाँदा स्कुटर चालक सोही ठाउँ बस्ने थाङ्दी बस्ने ३५ वर्षीय अर्जुन तिवारी घाइते भएको प्रहरीले जनाएको छ। घाइतेको पोखरास्थित ओम अस्पताल उपचार भइरहेको छ ।

    यसैगरी बन्दीपुर गाँउपालिका-४ डुम्रे बजारमा चन्द्रावतीबाट डुम्रे आउँदै गरेको ना५ख ५७९३ नम्बरको बसले ठक्कर दिँदा सोही तीनधारे बस्ने ५५ वर्षीया बिमाया गुरुङ घाइते भएकी छन्। घाइतेको मनिपाल अस्पतालमा उपचार भइरहेको छ ।