माओवादी केन्द्रमा फर्किदैनाैं, माधव नेपाललाई स्वागत : मन्त्री रायमाझी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    माओवादी केन्द्रमा फर्किदैनाैं, माधव नेपाललाई स्वागत : मन्त्री रायमाझी

    खबरपुञ्ज संवाददाता

    २६ फाल्गुन २०७७, बिहीबार

    पाेखरा : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले मुलुकको विकास र समृद्धिका राजनीतिक स्थिरता र शान्ति आवश्यक पर्ने बताउनुभएकाे छ । कास्कीको रुपा गाउँपालिकाद्वारा स्थानीय तह स्थापनाका अवसरमा आयोजित मूल समारोहको शनिबार उद्घाटन गर्दै उहाँले सरकार सबैखाले चुनौतीको सामना गर्दै अघि बढ्ने बताउनुभयाे ।

    मन्त्री रायमाझीले रुपा ताललाई रोजगारीको आधार बनाउनुपर्नेमा जोड दिँदै त्यसका लागि सरकारले रु चार अर्बको लागतमा रुपा परियोजना सञ्चालन गरिएको जानकारी दिनुभयाे । ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यकपर्ने बताउँदै उहाँले सरकार सुख्खा जमीनमा सिँचाइको व्यवस्था गरेर उत्पादकत्व वृद्धिमा जोड दिँदै आएको बताउनुभयाे ।

    मन्त्री रायमाझीले आफू माओवादी केन्द्रमा नर्फकने बताउँदै एमालेमा फर्केकोमा माधव नेपाल लगायतको समूहलाई स्वागत रहेको बताउनुभयाे । प्रचण्डको समूहबाट आएका माधव नेपाललाई ओलीसँग काम गर्न बाध्यता भएपनि आफूहरुलाई कुनै समस्या नरहेको रायमाझीकाे भनाई थियाे ।

    कार्यक्रममा पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले रुपा परियोजनालाई बहुवर्षीय योजनाका रुपमा अघि बढाउनुपर्नेमा जोड दिँदै रुपा गाउँपालिकाको विकासमा आफ्नो तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।