काठमाडौँ : सर्वोच्च अदालतको फैसलाबाट पार्टी ब्यूँतिएपछि नेकपा (एमाले)ले पहिलो पटक बैठक बोलाएको छ । बैठक आगामी आइतबार बस्ने गरी बोलाइएको हो ।
बैठकबारे केन्द्रीय सदस्यहरुलाई जानकारी गराउने तयारी भएको सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयाे । उहाँका अनुसार कति बजे, कहाँ बैठक बस्ने भन्नेबारे तोकिसकिएको छैन ।
यसअघि एमालेको माधव नेपाल, झलनाथ खनाल पक्षले पार्टीको आधिकारिक बैठक बोलाउन माग गरेको थियो । एमाले ब्यूँतिएपछि पनि पार्टीका नेताहरुबीच सम्वादहीनताको अवस्था छ ।