आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    खबरपुञ्ज संवाददाता

    २८ फाल्गुन २०७७, शुक्रबार

    काठमाडौँ : आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ६०० रुपैयाँले घटेर ८६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    हिजो बिहीबार सुन तोलामा ८६ हजार ८०० रुपैयाँ कायम भएको थियो । सोही परिमाणको तेजावी सुनलाई आज ८५ हजार ७५० रुपैयाँ पर्नेछ । यता, चाँदीको मूल्य पनि घटेको छ । हिजो एक हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।