तनहुँ : तनहुँ जिल्ला अदालतका न्यायाधीश जगतनारायण प्रधान उच्च अदालतको न्यायाधीशमा सिफारिस हुनुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको अध्यक्षतामा शुक्रबार बसेको न्यायपरिषद्को बैठकले प्रधानलाई उच्च अदालत विराटनगरको न्यायाधीशमा सिफारिस गरेको हो ।
प्रधान केही समय अगाडी मात्रै तनहुँ जिल्ला न्यायाधीशको रुपमा सरुवा भएर आउनुभएको थियो ।
शुक्रबारको बैठकले उच्च अदालतका १८जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ । बैठकले न्याय सेवाका विशिष्ट श्रेणीका दुई अधिकृत सहित जिल्ला न्यायाधीश र कानून व्यवसायीहरूबाट गरी १८ जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ ।