२ किलो युरेनियमसहित चार जना बौद्धबाट पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    २ किलो युरेनियमसहित चार जना बौद्धबाट पक्राउ

    खबरपुञ्ज संवाददाता

    २७ फाल्गुन २०७७, शुक्रबार

    काठमाडाै : प्रहरीले काठमाडौँको बौद्धबाट २ किलोग्राम युरेनियमसहित ४ जनालाई पक्राउ गरेको छ । युरेनियम २३८ को गैरकानुनी कारोबार भइरहेको विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरी टोलीले फागुन २७ गते टुसाल–६ बाट पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा रामेछाप घर भएका ४० वर्षीय नारायणसिंह तामाङ, रामेछापकै ५० वर्षीया जानुका तामाङ, रामेछापका २० वर्षीय प्रकाश चौहान र सिन्धुलीका २० वर्षीय मनोज न्यौपाने रहेका छन् । उनीहरुलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाइएको छ ।