शुक्लागण्डकीमा तेस्रो राष्ट्रपति रनिङशिल्ड शुरु : पञ्चमुनीदेवको अग्रता (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    शुक्लागण्डकीमा तेस्रो राष्ट्रपति रनिङशिल्ड शुरु : पञ्चमुनीदेवको अग्रता (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    २७ फाल्गुन २०७७, शुक्रबार

    दुलेगाैडा : शुक्लागण्डकी नगरपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । शुक्रबारदेखि गाउँफर्कोदय मावि ढोरफिर्दीमा प्रतियोगिता शुरु भएको हो ।

    ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजित शुक्लागण्डकी नगरपालिकाका विद्यालयस्तरीय प्रतियोगिताको मेयर किसान गुरुङले उद्घाटन गर्नुभयो । उहाँले शारीरिक, मानसिक र आर्थिक रुपमा खेलकुदले सम्पन्न गराउने बताउनुभयो । विद्यालय तहबाट विद्यार्थीलाई खेलकुदमा समावेश गर्न सके भविष्यमा देशको नाम राख्ने खेलाडी उत्पादन हुने उहाँको भनाई छ ।

    उपमेयर सविता रसाईलीले स्वास्थ्यका लागि खेलकुद आवश्यक रहेको बताउनुभयो । गाउँफर्कोदय माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा शुक्लागण्डकी–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मी, गाउँफर्कोदय माविका शिक्षक कृष्णप्रसाद भट्टराई लगायतले बोल्नुभएको थियो ।

    शुक्रबार नौ ईभेन्ट सम्पन्न भएको छ । पञ्चमुनीदेव मावि दुलेगौँडा अगाडी रहेको छ । पञ्चमुनीले ३ स्वर्ण, २ रजत र ३ कास्य पदक हात पारेको छ । हंशवाहिनी मावि एक्लेखेतले २ स्वर्ण, ३ रजत र १ कास्य पदक हात पारेको छ । नेपाल पुलिस स्कुल बेलचौताराले १÷१ स्वर्ण, रजत र कास्य पदक जितेको छ ।

    अरनिको मावि भोटेपानी, दिवस मावि उदेनढुंगा, महेन्द्र मावि हटिया भुस्नापुरले १÷१ स्वर्ण हात पार्न सफल भए । र्सूोदय बोर्डिङ स्कुल भुरुङ्गे, तालबेंसी मावी घारी, खैरेनी मावि खैरेनीटारले १÷१ रजत पदक जितेका छन् । छब्दी माविले २ कास्य, सुर्योदय र तालबेंसीले १÷१ कास्य हात पार्न सफल भए ।

    शुक्रबार १५ सय मिटर छात्र छात्रा दौड, ४ सय मिटर छात्र छात्रा दौड, ४×१०० छात्रछात्रा रिले दौड, छात्र छात्रा ज्याभलिन थ्रो, छात्र सर्टफुट सम्पन्न भएको छ । आइतबारसम्म चल्ने प्रतियोगितामा नगरपालिकाका १९ सामुदायिक तथा निजी विद्यालयले सहभागिता जनाएको प्रतियोगिताका सूचना अधिकारी रोशन हमाल ठकुरीले जानकारी दिनुभयो ।


    उहाँका अनुसार शनिबार छात्र छात्रा हाईजम्प, लङजम्प, ट्रिपलजम्प, सर्टफुट, १ सय मिटर, २ सय मिटर, ८ मिटर दौड, छात्र भलिबलको फाईनल, रिले दौड लगायतका इभेन्ट हुनेछन् ।