भलिबलमा विवाद : दुई प्रहरी सहित तीन घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भलिबलमा विवाद : दुई प्रहरी सहित तीन घाइते

    खबरपुञ्ज संवाददाता

    २८ फाल्गुन २०७७, शनिबार

    दुलेगाैडा : तनहुँको भीमाद नगरपालिका–१ डुम्रीवेशीमा भलिबल खेल्ने क्रममा विवाद हुँदा शुक्रबार दुई प्रहरी सहित तीन जना घाइते भएका छन् । शिवरात्रीको पर्वको अवसरमा आयोजना गरिएको भलिबलमा विवाद हुँदा छुट्याउन जाने क्रममा दुई प्रहरी र अन्य एक सर्वसाधारण घाइते भएका हुन् ।

    मोटरसाइकलको चेन स्पकेटको प्रहारबाट डुमीवेशी प्रहरी चौकीका इन्चार्ज सुरेन्द्र गुरुङ र प्रहरी हवल्दार घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । “भलिबलमा युवाहरुबीच विवाद भएपछि छुट्याउन जाँदा प्रहरीमाथि पनि आक्रमण भयो,” प्रहरी नायब उपरिक्षक तिमिल्सिनाले भन्नुभयो, “उहाँहरु पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार पश्चात् डिस्चार्ज भएको र अवस्था सामान्य छ ।” प्रहरीका अनुसार आक्रमणमा संलग्न दुई जनालाई नियन्त्रणमा लिइएको छ ।