काठमाडाै : नेकपा माओवादी केन्द्रले पार्टीको नाम फेर्ने तयारी गरेको छ । आइतबार शुरु भएकाे केन्द्रीय कमिटी बैठकमा पार्टीको नाम फेर्ने सहित विभिन्न ६ वटा एजेण्डा तय भएको बैठकमा सहभागी एक नेताले बताए ।
बैठकमा वर्तमान राजनीतिक अवस्थाबारे केन्द्र र प्रदेशको रिपोर्ट पेश गर्ने र त्यसमाथि छलफल गर्ने, राष्ट्रिय कार्यकर्ता भेला लगायतका एजेण्डा पनि तय भएका छन् ।