सिरहा बम विस्फोट : घटनास्थलमा गोइत समूहको पर्चा भेटियो, सातजना घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सिरहा बम विस्फोट : घटनास्थलमा गोइत समूहको पर्चा भेटियो, सातजना घाइते

    खबरपुञ्ज संवाददाता

    १ चैत्र २०७७, आईतवार

    काठमाडौं : सिरहा लाहानस्थित मालपोत कार्यालयमा बम विस्फोटमा घाइते हुनेको संख्या सात पुगेको छ । घाइते हुनेमा सुब्बा शिवकुमार यादव, सेवाग्राही दिनेशकुमार भण्डारी लगायत छन् । भण्डारीको अवस्था गम्भीर छ ।

    मालपोत कार्यालयको माथिल्लो तलाको हलमा आइतबार दिउसो विस्फोट भएको थियो । घटनास्थलमा जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समूह) लेखिएको पर्चा भेटिएको प्रदेश २ प्रहरी कार्यालयका प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिनुभयाे ।