तनहुँ : छोरीको घर जान हिँडेका तनहुँको ऋषिङ गाउँपालिकाका ६५ वर्षीय मणिलाल कुमाल मृत अवस्थामा फेला परेका छन् । फागुन २५ गते घरबाट हिँडेका कुमाल ६ दिनपछि नवलपुरको बुलिङटार गाउँपालिका-६ तिरन्दी खोला र कालीगण्डकीको दोभानमा मृत अवस्थामा फेला परेका हुन् ।
घिरिङ गाउँपालिका-४ गड्यौली छोरीको घर जान हिँडेका कुमाल बेपत्ता भएका थिए । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटना सम्बन्धमा अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिनुभयो ।