शुक्लागण्डकीको तेस्रो राष्ट्रपति रनिङ शिल्डमा पञ्चमुनीदेव च्याम्पियन (फोटो सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    शुक्लागण्डकीको तेस्रो राष्ट्रपति रनिङ शिल्डमा पञ्चमुनीदेव च्याम्पियन (फोटो सहित)

    खबरपुञ्ज संवाददाता

    २९ फाल्गुन २०७७, आईतवार

    दुलेगौँडा : शुक्लागण्डकी नगरपालिकाको आयोजना र गाउँफर्कोदय मावि ढोरफिर्दीको व्यवस्थापनमा सम्पन्न तेस्रो राष्ट्रपति रनिङशिल्ड विद्यालयस्तरीय प्रतियोगितामा पञ्चमुनीदेव माध्यमिक विद्यालय दुलेगौँडा च्याम्पियन बनेको छ । कुल २० पदक हात पार्दै पञ्चमुनीदेव च्याम्पियन बनेको हो ।

    पञ्चमूनीले १० स्वर्ण, ३ रजत र ७ कास्य पदक प्राप्त गरेको छ । रनिङशिल्ड सहित पञ्चमुनीले नगद १५ हजार रुपैयाँको साथमा कप, मेडल र प्रमाणत्र प्राप्त गर्याे ।

    १३ पदक जित्दै गत वर्षको च्यम्पियन हंशवाहिनी मावी एक्लेखेत दोस्रो स्थान हासिल गर्न सफल भयो । हंशवाहिनीले ५ स्वर्ण, ५ रजत र ३ कास्य पदक प्राप्त गर्दै दोस्रो स्थान ओगटेको हो ।

    २ स्वर्ण, ७ रजत र ३ कास्य गरी कुल १२ पदक जितेको तालबेंसी मावि घारी तेस्रो भएको छ । दोस्रो र तेस्रोले क्रमश :नगद ११ हजार २ सय ५० रुपैयाँ, ७ हजार ५ सय रुपैयाँको साथमा प्रमाणपत्र पाए ।

    विजेता विद्यार्थी तथा खेलाडीलाई शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङ,प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदी, नगर प्रवक्ता खिमबहादुर कुमाल लगायतले पुरस्कार वितरण गर्नुभयाे ।

    पुरस्कार वितरणपछि बोल्दै मेयर गुरुङले स्वास्थ्यसँगै आर्थिक विकासमा खेलकुदले टेवा पुर्याउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘खेलकुदमा खेलाडी सारिक भएर पनि देशलाई सम्बृद्धीमा पुर्याउन सकिन्छ ।’ सरकारले खेलकुद क्षेत्रलाई प्राथमकितामा नदिएको र खेलाडीलाई उपेक्षा गरेको उहाँको भनाई छ । स्थानिय सरकार खेलाडीको प्रोत्साहनका लागी प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

    प्रमुख प्रशासकीय अधिकृत सुवेदीले खेलमा हार जित स्वभाविक भएकाले सहभागी हुनुपर्नेमा विद्यालयलाई आग्रह गर्नुभयो । प्रतियोगितामा सहभागिता नै नजनाउनु पराजित मानसिकता भएको उहाँको भनाई छ ।

    प्रतियोगितामा कुल २७ ईभेन्टमा खेल भएका थिए । शुक्रबार शुरु भएको प्रतियोगितामा यहाँका १९ सामुदायिक र निजी विद्यालयले सहभागिता जनाएका थिए । नगर क्षेत्रमा २७ वटा माध्यमिक तहसम्म पढाई हुने सामुदायिक तथा नीजि विद्यालय रहेका छन् ।


    तबर्ष भएको दोस्रो राष्ट्रपति रनिङ शिल्ड हंसवाहिनी मावि एक्लेखेतले उचालेको थियो । नेपाल पुलिस स्कुल बेलचौतारामा भएको प्रतियोगितामा १२ पदक जित्दै च्याम्पियन बनेको थियो ।

    १७ पदक कब्जा गरेको पञ्चमुनीदेव दोस्रो र १२ पदक सहित नेपाल पुलिस स्कुल तेस्रो भएका थिए । प्रथम रनिङ शिल्डमा भने पञ्चमुनीदेव नै च्याम्पियन बनेको थियो ।