तनहुँ : तनहुँ प्रहरीले आइतबार ६ जना फरार प्रतिवादी पक्राउ गरेको छ । विभिन्न कसुरमा अदालतबाट दोषी ठहर भई फरार रहेकालाई प्रहरीले पक्राउ गरेको हो ।
बहुबिवाह र अंश मुद्दाका २÷२ जना, बेइज्जती मुद्दा र चोरी मुद्दाका १÷१ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
यी प्रतिवादीबाट ७ दिन कैद र १५ हजार ३ सय ८६ रुपैयाँ भुक्तान गर्न बाँकी रहेकाले उनीहरुलाई जिल्ला अदालतमा उपस्थित गराईएको छ । तनहुँ प्रहरीमा प्रहरी उपरिक्षक अरुण पौडेल आएपछि उहाँको नजर फरार प्रतिवादी पक्राउमा परेको छ ।