निर्वाचन आयोग पुग्यो एमालेको विवाद, ओलीको निर्णयलाई वैधता नदिन माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    निर्वाचन आयोग पुग्यो एमालेको विवाद, ओलीको निर्णयलाई वैधता नदिन माग

    खबरपुञ्ज संवाददाता

    २९ फाल्गुन २०७७, आईतवार

    काठमाडौं : नेकपा एमालेका विवाद निर्वाचन आयोग पुगेको छ । अध्यक्ष केपी शर्मा ओलीले २८ फागुनमा एकलौटी रुपमा निर्णय गरेकाे भन्दै उक्त निर्णयलाई वैधता नदिन माग गर्दै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल पक्षीय नेताहरु आयाेग पुगेका हुन् ।

    ११ जना पदाधिकारीले हस्ताक्षर गरेको पत्रसहित आफू निर्वाचन आयाेग गएकाे नेता राजेन्द्र पाण्डेले बताउनुभयाे । शुक्रवार गरिएका निर्णयहरू खारेज गर्नुपर्ने माग पत्रमा गरिएको छ ।