मार्बल बोकेर आउँदै गरेकाे ट्रक आगलागी, दुई घाइते (भिडियाे सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मार्बल बोकेर आउँदै गरेकाे ट्रक आगलागी, दुई घाइते (भिडियाे सहित)

    खबरपुञ्ज संवाददाता

    २ चैत्र २०७७, सोमबार

    तनहुँ : पृथ्वीराजमार्ग अन्तरगत तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवामा सोमबार भारतीय नम्बर प्लेटको ट्रक दुर्घटना भएर आगलागी हुँदा दुई जना घाइते भएका छन् । मार्बल बोकेर आउँदै गरेको आरजे १४ जिजे ७१२६ नम्बरको प्लेटको ट्रक दुर्घटना भएर आगलागी भएको हो ।

    अनियन्त्रित भएर सडकछेउ ट्रक पल्टिदा भएको आगलागी दमकल र प्रहरीको सहयोगले नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सनाले जानकारी दिनुभयो । “आगलागी भएको खबर पाउने बित्तिकै पुगेको प्रहरीले दश मिनेटमै आगो नियन्त्रणमा लिन सफल भएका छौ,” उहॉले भन्नुभयो ।

    दुर्घटनामा चालक भारतको उत्तरप्रदेश निवासी ४१ वर्षीय अशोककुमार राजपूत र सहचालक सोही ठाउँ बस्ने २८ वर्षीय हरेन्द्र सिंह घाइते भएका छन् ।