तनहुँ : रिलायबल नेपाल लाइफ इन्स्योन्सले मृत्यु दावी भुक्तानी गरेको छ । बीमा गरेका बीमितको दुई महिनामै मृत्यु भएपछि कम्पनीले बीमितका परिवारलाई दावी भुक्तानी हस्तान्तरण गरेको हो ।
लमजुङको मध्यनेपाल नगरपालिका–२ निवासी चिजकुमार श्रेष्ठले गत भदौ १८ गते कम्पनीको दमौली शाखाबाट रु ६ लाख ४० हजारको बीमा गर्नुभएकामा उहाँको कात्तिक २३ गते मृत्यु भएको छ । बीमितको निधनपश्चात् कम्पनीले उहाँका परिवारलाई रु ६ लाख ६० हजार प्रदान गरेको छ । दमौली शाखा प्रमुख जगदीश काफ्लेले स्वर्गीय चिजकुमार श्रेष्ठका श्रीमती बालकुमारी श्रेष्ठलाई उक्त रकम प्रदान गर्नुभयो ।