सभापतिकाे माैनता रहस्यमय : पाैडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    सभापतिकाे माैनता रहस्यमय : पाैडेल

    खबरपुञ्ज संवाददाता

    २ चैत्र २०७७, मंगलवार

    पोखरा : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुरको मौनता रहस्यमय भएको आरोप लगाउनुभएकाे छ । प्रेस युनियन, कास्कीले मंगलबार पोखरामा गरेको पूर्णप्रसाद-मायादेवी शान्ति पत्रकारिकता पुरस्कार वितरण कार्यक्रममा नेता पौडेलले कांग्रेस अनिर्णयको बन्दी हुनुमा सभापति जिम्मेबार रहेको दावी गर्नुभयाे ।

    ‘कांग्रेस अहिले अनिर्णयको बन्दी भइरहेको आरोप लागिरहेको छ,’ पौडेलले भन्नुभयाे, ‘हाम्रो सभापतिज्युको अहिलेको उदासिनता मलाई पनि रहस्यमय लागिरहेको छ ।’ उहाँले राष्ट्रमा ‘राजनीतिक अराजकता’ बढिरहेको समयमा कांग्रेसले चाँडै ठोस निर्णय गरेर अन्त्य गर्नुपर्ने धारणा राख्नुभयाे ।

    नेता पौडेलले आफूले सभापति देउवालाई फोन गरेरै ओलीइतर पक्षसँग गठबन्धन गरेर सरकार ढाल्न आग्रह गरेको तर, त्यो काम अहिलेसम्म सुरु नभएको बताउनुभयाे । ‘सभापतिज्यूलाई फोन गरेर जनता समाजवादी पार्टीका नेताहरुलाई केपी ओलीले दिएको आश्वासन हामी पनि गर्छौं भनिदिऔं र उनीहरुलाई साथमा ल्याऔं, माओवादी केन्द्रलाई पनि साथ लिएर सरकार ढालौं भनेको हुँ,’ पौडेलले भन्नुभयाे, ‘तर, अहिलेसम्म यो कुरा अघि बढेको थाहा छैन ।’