बालुवाटारमा ओलीको चियापान शुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बालुवाटारमा ओलीको चियापान शुरु

    खबरपुञ्ज संवाददाता

    २ चैत्र २०७७, मंगलवार

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका केन्द्रीय सदस्य तथा सांसदहरुका लागि आयोजना गर्नुभएकाे चियापान समारोह शुरू भएको छ । चियापन समारोहमा ओली समूहमा रहेका सबैजसो केन्द्रीय सदस्य र सांसदहरु पुगेका छन् भने नेता माधवकुमार नेपाल समूहमा रहेका केही सांसदहरु उपस्थित भएका छन् ।

    “पार्टी एकता कायम हुनुपर्छ भन्ने केही सांसदहरु आउनुभएको छ,जो हिजोसम्मै माधव नेपालसँगै हुनुहुन्थ्यो,” बालुवाटार स्रोतले भन्यो । माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतका प्रभावशाली नेताहरु भने ओलीले आयोजना गरेको चियापान समारोहमा उपस्थित छैनन् ।