‘बलराम बानिया स्मृति पत्रकारिता पुरस्कार’ का लागि कोष स्थापना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘बलराम बानिया स्मृति पत्रकारिता पुरस्कार’ का लागि कोष स्थापना

    खबरपुञ्ज संवाददाता

    २ चैत्र २०७७, मंगलवार

    तनहुँ : प्रेस युनियन तनहुँले स्वर्गीय पत्रकार बलराम बानियाँको स्मृतिमा पत्रकारिता अक्षयकोष स्थापना गरेको छ । तनहुँको भानु नगरपालिका–१३ निवासी बानियाँको स्मृतिमा प्रेस युनियनले पत्रकारिता अक्षयकोष स्थापना गरेको हो ।

    उक्त कोषका लागि बानियाँका दाजु भानु नगरपालिका–१३ का वडाध्यक्ष रामबहादुर बानियाँले रु २० हजार सहयोग गर्नुभएको छ । उक्त रकम बानियाँले प्रेस युनियन तनहुँँका अध्यक्ष अमरराज नहर्कीलाई मङ्गलबार हस्तान्तरण गर्नुभयो ।

    वडाध्यक्ष बानियाँले स्व. बलरामले पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै पत्रकारिता पुरस्कार प्रदान गर्न अक्षय कोष निर्माण कार्यको शुरुवात गरेकोमा प्रेस युनियन तनहुँलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

    अक्षयकोषका लागि परिवारकै तर्पmबाट साथ, सहयोग हौसला र रकम समेत प्रदान गरेकामा युनियनका अध्यक्ष नहर्कीले आभार व्यक्त गर्नुभयो । उक्त पत्रकारिता अक्षयकोषको व्याजबाट पत्रकारिता क्षेत्रबाट समाज परिवर्तनको लागि विशिष्ट योगदान पु¥याएका व्यक्तिलाई पुरस्कार प्रदान गरिने नहर्कीले जानकारी दिनुभयो ।

    अक्षयकोषका लागि परिवारजनहरुको सल्लाह अनुसार प्रेस युनियन तनहुँका अध्यक्ष नहर्कीको संयोजकत्वमा तीन सदस्यीय अक्षयकोष निर्माण समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा बाबुराम खनाल र स्व. बलराम बानियाँका दाजु क्या. जगतबहादुर बानियाँ रहनुभएको छ ।

    पत्रकार बलराम बानियाँको परिवारजन, आफन्तजनका साथै स्वदेश तथा विदेशमा रहेका शुभेच्छुकहरुबाट सङ्कलन गरि अक्षयकोषमा रकम जम्मा गरिनेछ । कान्तिपुर दैनिकका सहायक सम्पादक बानियाँको गत साउन २६ गते निधन भएको थियो ।