राजनीतिक दलहरुमा असल संस्कार हुनुपर्छ : राष्ट्रपति भण्डारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राजनीतिक दलहरुमा असल संस्कार हुनुपर्छ : राष्ट्रपति भण्डारी

    खबरपुञ्ज संवाददाता

    २ चैत्र २०७७, मंगलवार

    काठमाडाै : राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुबीचको सहकार्यलाई निरन्तरता दिनुपर्ने बताउनुभएकाे छ । मंगलबार शीतल निवासमा आयोजित सर्वदलीय बैठकमा बोल्दै राष्ट्रपति भण्डारीले संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढिकरणका लागि राजनीतिक दलबीचको सहकार्यलाई निरन्तरता दिनुपर्ने बताउनुभयाे ।

    ‘हाम्रो समाज शालीन, सभ्य र सहिष्णु रहिआएको छ । यहाँको नेतृत्वले सधैं उच्च राजनीतिक संस्कार कायम गर्दै आएको छ । यो असल संस्कार निरन्तर कायम रहनुपर्छ,’ उहाँले भन्नुभयाे ।राष्ट्रपति भण्डारीले आफू संविधानको अक्षरंश पालना गर्दै अघि बढ्ने बताउनुभयाे ।

    सर्वदलीय बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव सहभागी हुनुहुन्थ्याे ।

    त्यस्तै गृहमन्त्री रामबहादुर थापा, एमाले महासचिव एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेता सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, नेपाली कांग्रेसका तर्फबाट रामचन्द्र पौडेल, विमलेन्द्र निधि, डा. शशांक कोइराला, माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ र देव गुरुङ सहभागी हुनुहुन्थ्याे ।

    बैठकमा मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र जनकराज शर्मा र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल सहभागी हुनुभयाे ।