८४ औँ जन्मदिनमा ‘विगत र वर्तमान’ कविता संग्रह सार्वजनिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ८४ औँ जन्मदिनमा ‘विगत र वर्तमान’ कविता संग्रह सार्वजनिक

    खबरपुञ्ज संवाददाता

    २ चैत्र २०७७, मंगलवार

    दुलेगौँडा : कवि टिकाराम पौडेलले पहिलो कृती ‘विगत र वर्तमान’ कविता संग्रह बजारमा ल्याउनुभएको छ । पौडेलको ८४ औँ जन्मदिनको अवसरमा मंगलबार कविता संग्रहको विमोचन गरिएको हो ।

    दुलेगौँडास्थित पौडेल निवासमा भएको एक कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य राजिव पहारीले कविता संग्रहको विमोचन गर्नुभयो । पहारीले मानविय जिवनको अभिव्यक्ति नै साहित्य भएको बताउनुभयो । ‘कविताले मान्छेको समग्र जिवनको शिवालोकन गर्छ’, उहाँले भन्नुभयो । गण्डकी प्रदेश साहित्य, कला र संस्कृतिको उद्गमस्थल भएको उहाँको भनाई छ ।

    ८४ पुष्ठ लामो कविता संग्रहमा ८४ कविता संग्रहित छन् । शुक्ला साहित्य संगम तनहुँले प्रकाशन गरेको संग्रहमा संस्कृति, संस्कार, विकृती, विसंगतिका विषयलाई समेटिएको छ ।

    बुवाको सिर्जनालाई जिवन्त राख्न पुस्तक नै प्रकाशन गरेको छोरा मोतीप्रसाद पौडेलले बताउनुभयो । ‘उहाँले पहिल्यैदेखी कविता लेख्नुहुन्थ्यो । कविता लेख्ने थन्क्याउदै राख्ने । त्यसैलाई पुस्तकको रुप दिईएको हो’, उहाँले भन्नुभयो । कवि पौडेल पुर्व शिक्षक पनि हुनुहुन्छ ।

    तस्बिर सौजन्य : राजकुमार आले