सर्वोच्चमा प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सर्वोच्चमा प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान

    खबरपुञ्ज संवाददाता

    ३ चैत्र २०७७, बुधबार

    काठमाडौं : संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस भएका दुई जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ। समितिको बुधबार बसेको बैठकले उजुरी आह्वान गरेको हो।

    न्याय परिषद्ले गत शुक्रबार सर्वोच्च अदालतका लागि दुई र उच्च अदालतमा १६ जना न्यायाधीशको नाम सिफारिस गरेको थियो। उच्चको हकमा सुनुवाइ हुँदैन।

    सर्वोच्चमा सिफारिस भएका नहकुल सुवेदी र कुमार चुडालविरुद्ध सुनुवाइका लागि समितिले उजुरी आह्वान गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयाे । समितिले १० दिन भित्र आह्वान गरिएको उजुरीमाथि छानविन गरी प्रस्तावित न्यायाधीशहरुको सुनुवाइ गर्नेछ। सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।