पत्रकार महासंघको निर्वाचन चैत २५ गते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पत्रकार महासंघको निर्वाचन चैत २५ गते

    खबरपुञ्ज संवाददाता

    ४ चैत्र २०७७, बुधबार

    काठमाडौं : नेपाल पत्रकार महासंघको निर्वाचन चैत २५ गते हुने भएको छ । महासंघको उपलब्ध केन्द्रीय समितिको बैठकले निर्वाचनको मिति तय गरेको हो ।

    महासंघको संशोधित विधान अनुसार जिल्ला , प्रदेश र केन्द्रको मतदान एकैदिन हुनेगरी निर्वाचनको मिति तय गरिएको छ । यसपटकदेखि देशभरका साधारण सदस्यहरूले मतदानमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।

    बैठकले चैत ७ गते निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ । निर्वाचनको थप कार्यतालिका निर्वाचन समितिले बनाउने बताइएको छ ।