आज नेकपा एमालेको संसदीय दलको बैठक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    आज नेकपा एमालेको संसदीय दलको बैठक

    खबरपुञ्ज संवाददाता

    ४ चैत्र २०७७, बिहीबार

    काठमाडौँ : नेकपा एमालेको संसदीय दलको बैठक बिहीबार बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठक बिहान ११ बजेपछि बालुवाटारमा बस्ने छ ।

    तर प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओलीले बोलाएको पार्टीको संसदीय दलको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने सहभागी नहुने जनाएको छ ।

    बुधबारदेखि सुरु भएको नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलामा नेता सुरेन्द्र पाण्डेले ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी नहुने जानकारी गराउनुभएको थियो । गत फागुन २८ गते गरेको निर्णय फिर्ता नभएसम्म ओलीले बोलाएको कुनै पनि बैठकमा सहभागी नहुने नेता पाण्डेले बताउनुभयो ।

    यसैबिच नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला बिहीबार पनि हुँदैछ । भेलामा नेता माधवकुमार नेपालले बुधबार कार्यपत्र प्रस्तुत गरेका थिए ।कार्यपत्रमा सामूहिक छलफल भइरहेको छ । भेला बिहीबार नै सकिने छ ।