तनहुँ : आफ्नै बहिनीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाई पक्राउ परेका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ बस्ने १४ वर्षीया बहिनीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले २७ वर्षीय युवालाई पक्राउ गरेको हो ।
ती युवाले बहिनीलाई आइतबार राति र विगतमा पनि पटक–पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरीले उनलाई आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।