रुपामा विस्तार हुदै नेविसंघ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    रुपामा विस्तार हुदै नेविसंघ

    खबरपुञ्ज संवाददाता

    ४ चैत्र २०७७, बिहीबार

    पोखरा : रुपा गाउँपालिकामा नेविसंघले आफ्नो संगठन विस्तारलाई तीव्रता दिएको छ । बिहीबार रुपाकै सबैभन्दा ठूलो विद्यालय पृथ्वी रुपामा नेविसंघले संगठन विस्तार गरेको हो ।

    रुपा -६ स्थित उक्त विद्यालयमा सम्झना सुनारको अध्यक्षतामा नेविसंघ इकाइ समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा अमन गुरुङ र सुसान्त ज्ञवाली, सचिवमा सपना सुनार, सहसचिवमा शिशिर लामिछाने र कोषाध्यक्ष विनिता परियार चयन हुनु भएको छ।

    सदस्यमा दिपा अलि, अविशेक सुनार, पारस सुनार सहित ९ जना जना रहनुभएको छ ।

    कार्यक्रममा बोल्दै नेविसंघ कास्की १ का क्षेत्रीय सभापती सागर रानाभाटले रुपाकै ठूलो स्कुलमा नेविसंघको शाखा विस्तार गर्नु ठुलो उपलब्धि रहेको दाबी गर्नुभयो । उहाँले भ्रष्ट ओली सरकारदेखि रुष्ट विद्यार्थी आफै नेतृत्वमा आउन कदम चालेको धारणा राख्जुभयो ।