व्यासमा स्थापना दिवस मनाउन समिति गठन, अरु के के भए निर्णय ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासमा स्थापना दिवस मनाउन समिति गठन, अरु के के भए निर्णय ?

    खबरपुञ्ज संवाददाता

    ५ चैत्र २०७७, शुक्रबार

    तनहुँ : तनहुँको व्यास नगरपालिकाले स्थापना दिवस मनाउने भएको छ । विसं २०४८ सालमा स्थापना भएको नगरपालिकाले चैत ३० गते २९ औ स्थापना दिवस मनाउने तयारी गरेको हो ।

    स्थापना दिवस भव्य रुपमा मनाउन नगरप्रमुख वैकुण्ठ  न्यौपानेको अध्यक्षतामा ७ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ। शुक्रबार सम्पन्न कार्यपालिकाको बैठकले उक्त समिति गठन गरेको हो ।

    साथै नगरपालिकाले गरेको उल्लेखनीय कार्यहरुको प्रकाशन तयार गर्न नगर शिक्षा अधिकारी नगेन्द्र प्रसाद रेग्मीको अध्यक्षतामा सबै शाखा प्रमुख रहने गरी प्रकाशन समिति गठन गरिएको छ । 

    व्यास नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुको व्यवस्थापन समितिको ३ वर्षे कार्यकाल समाप्त हुने भएकाले २०७८ जेठ मसान्त भित्र नयाँ व्यवस्थापन समिति गठन गर्न शिक्षा तथा सामाजिक विकास शाखालाई निर्देशन दिने र आ-आफ्ना वडा भित्रका विद्यालय व्यवस्थापन समिति गठन कार्यको अनुगमन गर्ने कार्यको जिम्मेवारी सम्बन्धित वडा अध्यक्षहरुलाई तोक्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । 

    व्यास नगरपालिका भित्र युवाहरुको सहभागितामा युवाका लागि शहर (City For Youth) भन्ने अवधारणा बमोजिम यस नगरपालिकाका महत्पुर्ण स्थानहरुको डिजिटल नक्साङ्कन तयार गर्ने कार्य अघि बढाउने निर्णय बैठकले गरेको छ।

    व्यास नगरपालिका भित्र प्राकृतिक श्रोत बाट प्राप्त हुने आयलाई खर्च व्यवस्थापन सम्बन्धि कार्यविधि तयार गर्न सैदान्तिक सहमति गरी कार्यविधि पेश गर्न विधायन समितिलाई जिम्मा दिने निर्णय भएको नगरपालिकाले जनाएको छ । 

    व्यास नगरपालिकामा कार्यरत स्थानीय तहका कर्मचारीहरुको समायोजन प्रकृया  अघि बढाउन १५ दिन भित्र ३ सदस्यीय अध्ययन एवं प्रस्ताव समिति शिक्षा शाखा प्रमुख श्री नगेन्द्र प्रसाद रेग्मीको अध्यक्षतामा गठन गर्ने निर्णय भएको छ । 

      भुमीहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गा वितरण एवं दर्ता सम्बन्धमा कार्यविधि अनुरुप न.पा मा शहरी, अर्ध शहरी र ग्रामिण क्षेत्र तोक्ने निर्णय गरिनुका साथै नगरपालिका भित्रका विद्यालयहरुमा प्रविधिमैत्री शिक्षा अघि बढाउन हरेक वडामा मा.वि तथा आधारभुत विद्यालयहरु मध्ये १/१ विद्यालय छनोट गरिएको छ।