गुटगत गतिविधि गर्ने सांसदलाई स्पष्टीकरण सोध्ने एमाले संसदीय दलको निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    गुटगत गतिविधि गर्ने सांसदलाई स्पष्टीकरण सोध्ने एमाले संसदीय दलको निर्णय

    खबरपुञ्ज संवाददाता

    ६ चैत्र २०७७, शनिबार

    काठमाडौं : नेकपा एमालेको संसदीय बोर्डले गुटगत गतिविधि गर्ने सांसदहरूलाई स्पष्टिकरण सोध्ने भएको छ । संसदीय दलको शनिबार बसेको बैठकले माधव नेपाल लगायत गुटगत भेला र गतिविधि गर्ने सांसदहरुलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको सांसद महेश बस्नेतले जानकारी दिनुभयाे ।

    सो निर्णय भइरहदा माधव नेपाल पक्षका सांसदहरु सोमप्रसाद पाण्डे,जीवनराम श्रेष्ठ र यज्ञराज सुनुवार बैठकमा उपस्थित नहुनुको कारणसहितको पत्र बोकेर बालुवाटार पुग्नुभएकाे थियाे । उहाँहरूको पत्र बुझ्दै ओलीले कुनै गुटगत र सामूहिक रूपमा आएका प्रस्ताव स्वीकार नगरिने बताउनुभयाे ।

    ओलीले भन्नुभयाे, ‘सामूहिक रूपमा आएका प्रस्ताब स्वीकार गरिँदैन। व्यक्तिगत ढङ्गले आएर आफ्नो कुरा लिखित मौखिक रूपमा राख्नुस्, सबैलाई मौका दिन्छु । गुटहरूसँग अब कुनै सम्झौता र संवाद हुँदैन ।’(नेपाल प्रेसबाट)