क्यान्सरसँग लडिरहेका विकासले खिचेका तस्वीर प्रदर्शनीमा (फाेटाे सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    क्यान्सरसँग लडिरहेका विकासले खिचेका तस्वीर प्रदर्शनीमा (फाेटाे सहित)

    खबरपुञ्ज संवाददाता

    १९ चैत्र २०७७, शुक्रबार

    तनहुँ : तनहुँको व्यास नगरपालिका–४ निवासी विकास दरै क्यान्सरसँग जुध्दै जीवन र मरणको दोसाँधमा हुनुहुन्छ । आन्द्रामा क्यान्सर भएर विगत केही वर्षदेखि भारतमा उपचाररत दरै एक कुशल फोटोग्राफर हुनुहुन्छ । फोटोग्राफीमा निकै रुची राख्ने उहाँ देशका विभिन्न ठाउँमा पुगेर तस्वीर खिच्ने गर्नुहुन्थ्यो ।

    क्यान्सरबाट पीडित भएर उपचारमा आर्थिक अभाव भएपछि उहाँले नै खिचेका तस्वीर विक्री गरेर उपचार खर्च जुटाउन लागिएको छ । दरैले देशका विभिन्न भागमा पुगेर खिच्नुभएको तस्वीरहरुको शुक्रबार दमौलीमा प्रदर्शनी गरिएको छ । “विकासको उपचारमा सहयोग पुगोस् भन्नका लागि तस्वीर बेचेर उपचार खर्च जुटाउन लागेका हौ,” उहाँका साथी सनम अधिकारीले भन्नुभयो ।