दुलेगौँडा : नेपाली कांग्रेसका युवा नेता चुणामडी खनालले जन्मदिनमा मृगौलाको बिरामीलाई सहयोग गर्नुभएको छ । शुक्रबार उहाँले आफ्नो ३७ औँ जन्मदिनको अवसर पारी भिमाद नगरपालिका–२ रघुका मृगौला रोगी जयराम थापालाई २० हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।
नेविसंघ तनहुँका सभापति एवम महाधिवेशन प्रतिनिधी खनालले जयराम बचाउ अभियानका संयोजक मोहनसिंह थापालाई उक्त रकम हस्तानतरण गर्नुभयो । नेपालका गाउँ-गाउँमा गरिब जनाताहरू अझैपनि स्वास्थ उपचार नपाएर अकालमा मर्नु पर्ने पीडा रहेको बताउदै खनालले स्वास्थ्य र शिक्षा निशुल्क हुनुपर्ने बताउनुभयो ।