क्यान्सर पीडित विकासको उपचारका लागि रु दुई लाख सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    क्यान्सर पीडित विकासको उपचारका लागि रु दुई लाख सहयोग

    खबरपुञ्ज संवाददाता

    २० चैत्र २०७७, शनिबार

    तनहुँ : व्यास साङ्गीतिक समूहले क्यान्सर पीडित तनहुँको व्यास नगरपालिका–४ निवासी विकास दरैको उपचारका लागि रु दुई लाख भन्दा बढी रकम सहयोग गरेको छ । समूहले दमौली, डुम्रे, आँबुखैरेनीमा साङ्गीतिक कार्यक्रम गरेर सङ्कलन गरेको रु दुई लाख २८ हजार एक सय ५५ पीडितको उपचारका लागि सहयोग गरेको हो ।

    उक्त रकम समूहका अध्यक्ष मोहनराज आलेले पीडितका बुबा हस्तबहादुर दरैलाई हस्तान्तरण गर्नुभएको छ ।

    क्यान्सर पीडित दरैको उपचारका लागि व्यास–३ घर भई हाल अमेरिका बस्नुहुने उत्तम भट्टराईले रु १० हजार, नारायण पौडेलले रु पाँच हजार, ब्ल्याक स्ट्रोक रेस्टुरेण्टले रु तीन हजार एक सय, गोरखकाली बोर्डिङ स्कूलले २५ हजार, बाराही आवासीय माध्यमिक विद्यालयले रु २१ हजार ९ सय सहयोग गरेको युवा अभियान्ता सुमन श्रेष्ठले जानकारी दिनुभयो ।