प्रधानमन्त्री ओलीद्वारा स्वीच थिचेर एकैपटक १ सय ६५ वटा सडक निर्माणको शुभारम्भ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रधानमन्त्री ओलीद्वारा स्वीच थिचेर एकैपटक १ सय ६५ वटा सडक निर्माणको शुभारम्भ

    खबरपुञ्ज संवाददाता

    २० चैत्र २०७७, शनिबार

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक १ सय ६५ वटा सडक निर्माणको शुभारम्भ गर्नुभएको छ । शनिबार बालुवाटारबाट सडक निर्माणको शुभारम्भको स्वीच थिचेर प्रधानमन्त्री ओलीले निर्वाचन क्षेत्र रणनीतिक सडक विकास कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

    हरेक निर्वाचन क्षेत्रमा एक/एक वटा सडक निर्माण गर्नेगरी कार्यक्रमको शुभारम्भ गरिएको हो ।

    यो वर्ष सरकारले हरेक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड रुपैयाँ बजेट छुट्याएको छ । सबै ठाउँमा प्रधानमन्त्री ओली पुग्न असम्भव भएकाले एकै ठाउँबाट शिलान्यास गर्नुभएको छ।