काठमाडौं : नेकपा एमालेको खनाल–नेपाल समूूहले एमाले पुनर्गठनको दुईमहिने अभियान सञ्चालन गर्ने भएको छ । शनिबार बसेको स्थायी कमिटी बैठकमा दुईमहिने अभियान सञ्चालनबारे छलफल भएको नेता भीम आचार्यले जानकारी दिनुभयाे । उहाँका अनुसार दुईमहिने अभियानमा एमाले पुनर्गठनदेखि घरदैलोसम्मका कार्यक्रमहरु हुनेछन् ।
सुरुवातामा पार्टीका प्रदेश, जिल्ला, गाउँ, नगर, वडा कमिटी गठन, पुनर्गठन हुनेछ । सबै संगठन पुनर्गठन भएपछि प्रशिक्षण कार्यक्रमहरु सञ्चालन हुने उहाँले जानकारी दिनुभयाे । त्यस्तै, घरदैलो कार्यक्रम सञ्चालन हुनेछ ।