दमाैली : व्यास नगरपालिका–३ दमौली घर भई हाल न्युक्यासल युनिभर्सिटीमा वैज्ञानिकको रूपमा कार्यरत डा. किशोर आचार्य पुरस्कृत हुनुभएको छ । विज्ञान र इन्जिनियरिङ विषयमा रिसर्च गर्नका लागि विश्वभरबाट नेपालकै पहिलो युवाको रूपमा केही समय अगाडि मात्रै छानिनुभएका डा. किशोर आचार्य पुनः जर्नलमा कृति प्रकाशन प्रोत्साहन पुरस्कारबाट पुरस्कृत हुनुभएको हो ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानबाट आ.व . ०७७÷७८ मा अन्तर्राष्ट्रिय प्रकाशन तथा विज्ञानको उन्नयन कार्यक्रम अन्तर्गत उहाँ पुरस्कृत हुनुभएको हो । जर्नलमा कृति प्रकाशन गर्दा लागेको शुल्क सोधभर्नाका लागि सूचना प्रकाशित गरि आवेदन आव्हान गरिएकामा प्राप्त भएका आवेदनहरूमा कार्यक्रमको कार्यविधि अनुसार छनौट समितिबाट मूल्यांकन गरि वैज्ञानिक एवं प्राविधिकहरू लाई जर्नल कृति प्रकाशन प्रोत्साहन पुरस्कार गर्ने भन्ने उद्देश्य अनुसार आचार्य छनौटमा पर्नुभएको हो । आचार्यसँगै उहाँको टिमका दमौलीकै सन्तोष खनाल र कल्याण पन्त पनि पुरस्कृत हुनुभएको छ ।