दुलेगौँडा : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र शुक्लागण्डकी–१० वडा कमिटिको विस्तारित भेला सम्पन्न भएको छ । शनिबार भएको भेलाले विभिन्न मोर्चा गठन गरेको छ ।
वडा कमिटिका अध्यक्ष याम बहादुर खाँण ठकुरीको अध्यक्षतामा भएको भेलाले वाईसिएल, महिला मोर्चा, दलित मोर्चा, भुपु सैनिक मोर्चा, जनजाती मोर्चा, किसान मोर्चा र उद्योग व्यवसायी मोर्चा गठन गरेको छ । कार्यक्रममा जिल्ला कमिटि सदस्य बिकास श्रेष्ठ, मनराज गुरुङ, चेतनारायण पौडेल, राजेन्द्र भट्टराइ क्षेत्री लगायतले बोल्नुभएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी एमालेसंगको एकता भंग भएपछि माओवादी केन्द्रले वडा तहसम्मै आफ्नो संगठन बलियो बनाउन लागी परेको छ ।